NRN डेन्मार्कका अध्यक्षसँग ऐक्यबद्धता मासिकले गरेको कुराकानी

NRN डेन्मार्कका अध्यक्षसँग ऐक्यबद्धता मासिकले गरेको कुराकानी

म समान्य किसान को छोरा हु । मेरो जन्म बाग्लुङ जिल्ला मल्मा गा बि स  न २ मा १९७४मा भएको ह ।म मेरो जन्म स्थल बाटै हाई स्कुल र बाग्लुङ मा ..महेन्द्र मल्टिपल कोलेज बाट आए र बिरेन्द्र कलेज चितवन बाट बि ए सकेर पेशागत रुपमा जिवन निर्वाह गर्न सकिन्छ कि भन्ने उदेस्यले बाग्लुंग जिल्लामा रासनयनिक मल र खाध्न्यमा नेपल सरकार ले बिकट जिल्ला हरु लाई दिने ढुवानी अनुदान मा ठेक्कामा रासनयनिक मल र खाध्न्य को ढुवानी गर्दै थिए तर मेरो आफ्नो अनुभब देश को राजनैतिक तथा आर्थक स्थिती पनि बिग्रदो भएको कारण ले सफल हुन सकिन केही समय को काठमडौ बसाइ पछी म बैदेशिक रोजगरको खोजी मा १९९४ को जुलाई ७ म स्विसज्ररल्यान्ड मा आएको हु । रोजगर कै क्रमामा जर्मन्,बेल्जिएम्,निडरल्यन्ड ,फ्ररान्स इटाली,हुदै १९९९ देखि २००८ सम्म पोर्तुगल मा सामान्य काम गर्दै बसेको थिए ।,समय बित्दै गयो पोर्तुगलमा लामो समय को बसाइ पछी पोर्तुगल को नागरिकता लिए र मैले पोर्तुगल को नागरिकता लिइ डेनमार्क मा बसाई सरे ।अन्तत म नेपाली मुल को पोर्तुगिस नागरिक भएता पनि मेरो तन , मन , धन सम्पूर्ण नेपाल र नेपाली हरु को आगन भन्दा बाहिर छैन । मेरो कार्य क्षेत्र को सन्दर्भमा म अहिले सम्म कामदार कै रुप डेनमार्कमा छु सम्भबत अर्को बर्ष बाट आफ्नै केही काम गर्नु पर्छ कि भन्ने सोच बनाएको छु ।

त्यस देशमा रहेको अनुमानित नेपाली संख्या कति होला ? नेपालीहरु के कस्तो पेशामा संलग्न छन् ?

यती नै छ त म भन्न सक्दिन तर पनि डेनमार्क मा नेपाली को सख्या २५०० को नजिक मा पुगेको छ।यो सख्या घटबढ त भैइ रहन्छ किनकि डेनमार्क् मा नेपलि आउने आनि यहा बाट बहिर जाने क्रम पनि छ। हामीहरुले डेनमार्कमा एउटा जन गणना कार्यक्रम ल्याउदै छ उ तत्पस्चात नै थाहा होला । प्राय जसो बिधार्थी हरु लगायता अन्य साथी हरु पनि हुनुन्छ । पेशाको सन्दर्भवमा समग्रमा धेरै जसो नेपाली हरु रेस्टउरेन्ट , होटेल,सरसफाइ, काम गर्नु हुन्छ।र केहि नेपालीहरु अन्य पेसामा पनि हुन्छ तर यो संख्या निकै कम छ

त्यहाँ रहेका नेपालीहरू(महिला समेत) ले कस्ता खालका समस्या तथा चुनौतिहरु भोग्नु परेको छ ? र ति समस्या समाधान गर्न एनआरएनएले कस्तो भूमिका खेल्नु पर्ने देख्नु हुन्छ ?

युरोप मा पुरुष र महिला का समस्या भनेका कुनै फरक हुँदैन. डेनमार्क मा ९५ प्रतिसत नेपालीहरु स्टुडेन्ट को हैसियमा छ्न ।सबै जसो स्टुडेन्ट साथीहरु कलेज लाई महगो फी तिर्न वाध्य छन ।यहाँको भ्याट सिस्टम अलि हाई छ ।स्टुडेन्टलाई ६० घण्टा को काम गेर्ने प्रमिट अनि तेस्माथि महगोफी कलेज घर भाडा महगो यातायातका कारण जीवन यापन सोचे जस्तो सजिलो छैन। समस्या समाधान गर्न एनआरएनएको

भूमिका भनेको सबै नेपाली लाई नेपाली ले सहयोग गर्ने बातावरण को ऋजना गर्नुसस्थागत रुप बाट, नेपाल सरकार सग समन्य गरी डेनमर्क सरकार सग जुन कर दायरा छ तेसलाई अरु एशियन देसको सरह मा पुराउन पहल गर्नु अब यहाँ नेपालीहरु थाई रुपमा नै बसोबास गर्न लागेको संख्या पनि ठुलो छ तेसैले अब हामीले नै नेपाली तथा अंग्रेजी मेडियममा पढाई हुने बिधालयको एस्थापना नेपाली पुस्तकालय को एस्थापना,नेपाली खाद्य भण्डारको एस्थापना गर्न पहल गर्ने नेपाली हरु का समस्या समाधान मा साधक बन्ने जस्ता बिसयमा जिमेवरिक का साथ अगाडी बढ्नु पर्छ जस्तो लाग्छ

थुप्रै नेपालीहरू रहेको डेनमार्कमा एनआरएनए गठन गर्न किन ढिला गरियो त ? नेपालीहरुका अन्य संघसंस्थाहरूसँगको सम्बन्ध तथा एनआरएनए प्रति समग्र नेपालीहरुको कस्तो अपेक्षा भएजस्तो लाग्छ ?